१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छाडेर आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘वाशिङ्गटनमा सबै जना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रा लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौँ’, ट्रम्पले टेक्सासको कन्रोमा शनिवारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नु पर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’ को कुरामा व्यस्त रहेको टिप्पणी गरेका छन ।

‘उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ, ट्रम्पले जोड दिए, ‘जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनुअघि, उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनुपर्छ ।’

ट्रम्पले बाइडेनले तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको चेतावनी पनि दिए । शुक्रवार अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले रुसले युक्रेनी सीमामा कुनै पनि क्षण आक्रमण गर्न पर्याप्त सेना जम्मा गरेको दाबी गरेर सङ्कटको कुटनीतिक समाधानका लागि खोजी जारी राख्न आग्रह गरे ।

मस्कोले बारम्बार आफ्नो छिमेकीलाई आक्रमण गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेको छ । यसले कसैलाई धम्की दिएको छैन र यसको सिमाना नजिक नाटोको बढ्दो उपस्थिति र युक्रेनको सैन्यकरणमा चिन्ता व्यक्त गरेको  जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?