अर्घाखाँची कांग्रेसका भातृसंस्थाहरुको बैठक सम्पन्न

अर्घाखाँची कांग्रेसका भातृसंस्थाहरुको बैठक सम्पन्न

अर्घाखाँची । नेपाली कांग्रेसका भातृ संस्थाहरुले यहि माघ १९ गते गर्ने विरोध सभाको तयारीका लागि विपि स्मृति भवन सन्धिखर्कमा भातृ सस्थाहरुको बैठक सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका सबै भातृ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकले पाटीको केन्द्रिय कार्यक्रम अनुसार भातृ सस्थाहरुले गर्ने विरोध सभालाई भव्य रुपले सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले सकारको असंबैधानिक कदमका बिरुद्धमा सबै एकजुट भएर आन्दोलनमा उत्रनु पर्ने बताउनु भयो । उहाँले लोकतन्त्रको रक्षाको लागि सबैलाई एक भएर अगाडी बढ्न आग्र गर्नु भयो ।

बैठक जिल्ला उपसभापति शान्ता भण्डारीको अध्यक्षता र सभापति विष्णु मुस्कानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.