२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्धको खेल ४ः४५ बजे सुरु हुनेछ।

घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ। शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए।

यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ। नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन्।

अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन्। किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?