२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

सुवासचन्द्र नेम्वाङले झुट बोलेको प्रमाणित

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रवार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाको ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले चुनाव गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए। नेता नेम्वाङले निर्वाचन आयोगले ढिलो नगरि काम अगाडि बढाउनुपर्ने भन्दै चुनावको काममा आफूहरूको सहयोग र समर्थन रहने पनि बताएका छन् ।

निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले चुनाव तयारीक सम्बन्धमा अहिलेसम्म गरेका कामको विषयमा छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित भएका थिए।

आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले चुनाव तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिए । आयोगले चुनावसम्बन्धी तयारी गर्न ढिला गर्न नहुने उनको भनाइ छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइ सकेको पनि बताए ।

(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले भने छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहे पनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकाले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगरे पत्र बुझाएका थिए ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदैँ नेता राजेन्द्र पाण्डेले अध्यक्षद्वयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताए । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरि दल दर्ताको सूचना निकाल्नु नहुने उनको भनाइ छ । आयोगले चुनाव गराउने उद्देश्य नराखेको उनले बताए । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उनले टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेस नगरेको बताए । आयोगले चुनावको तयारी गरिरहेको उनको भनाइ छ । निर्वाचन आयुक्त पौड्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको पनि बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?