२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

काबुलमा विद्युत् आपूर्तिमा समस्या : झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल सहरमा नियमित विद्युत् आपूर्ति नहुँदा झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् ।

विद्युत् आपूर्तिको समस्या खेप्दै आएका ५ सय ८०  वटा भन्दा धेरै उद्योगको नियमित उत्पादन बन्द हुने अवस्था देखिएको हो ।

अफगानिस्तानको उद्योग तथा खानी विभागका अनुसार उद्योग नियमित सञ्चालन हुन नसक्दा झण्डै चार हजार ५ सय कामदारले रोजगारी गुमाउने भएका छन् ।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई ८ सय ५० मेगावाट विद्युत् आवश्यक रहेको उल्लेख गरेको थियो । तर छिमेकी देशबाट विद्युतको आयात घटेपछि सहज आपूर्ति हुन नसकेको समाचार संस्था एएनआईले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?