३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

मानेले उत्कृष्ट प्रदर्शनमा सेनेगल फाइनलमा

साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ।

बुर्किनो फासोलाई ३-१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो। बुधबार राति भएको फाइनलमा अन्तिम ३० मिनेटमा ३ गोल गरेपछि सेनेगल फाइनलमा प्रवेश गर्न सफल भयो।

खेलमा अधिकासं समय दुबै टीमले गोलरहित बराबरी खेले पनि अन्तिम समयमा सेनेगलले निरन्तर गोल गरेको थियो। सुरुवातमा नै  सेनेगलले दुई  पेनाल्टीको अवसर पाएपनि भिएआरले बुर्किनो फासोलाई जोगाएको थियो।

खेलमा अब्दोउ डिलोसले ७० औं मिनेटमा पहिलो गोल गर्दै सेनेगललाई अग्रता दिलाए। इद्रिसा गुएसले साडियो मानेको पासलाई सदुपयोग गर्दै ७६ औ मिनेटमा अग्रता दिलाएका थिए। ८२ औ मिनेटमा ब्लाटी टुरेले बुर्किनो फासोका लागि गोल फर्काएपनि टीमको हार टार्न पर्याप्त भएन।

तर टिमको सहज जितका लागि भने साडियो मानेले ८७ औ मिनेटमा गोल गरेका थिए। मानेको यो २९ औ गोल हो। अब फाइनलमा सेनेगलले इजिप्ट र क्यामरुनबिचको विजेतासँग आइतबार प्रतिस्पर्धा हुने छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?