भिम बिश्वकर्मा,
अर्घाखाँची । तेस्रो लहरको कोरोना संक्रमण बढिरहेको छ । घरघरमा संक्रमित छन । ज्वरो, रुघाखोकी सहित कोरोनाका लक्षण भएका बिरामी जताततै छन तर संक्रमित राख्न बनाईएका आईशालेशन केन्द्र रित्तै छन ।
सुरुक्षितत बस्न नसक्ने पनि घरमै बस्ने, पारीबारीक घुलमिलमा रहने तर आइशोलेसन केन्द्र नजाने प्रबृति बढेका छ । जसका कारण संक्रमण रोक्न नसकि संक्रमण तिब्र रुपले बढ्दै गइरहेको छ ।
अर्घाखाँची जिल्लाको सक्रिय संक्रमितको आकडा हेर्ने हो भने २ सय नेटो काटि सकेको छ । जिल्लाका ६ वटै स्थानीय तहहरुमा कोभिड अस्पताल तथा आईशोलेशन केन्द्रहरु छन तर पनि कोरोनाका बिरमिहरु त्यहाँ गएको देखिदैन ।
पाणिनी गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राम प्रसाद घिमिरेका अनुसार पाणिनीमा कोभिड अस्पताल छ तर कोेभिडका बिरामीहरु सेवा लिन आएका छैनन । पाणिनीमा आजसम्म ३७ जना सक्रिय संक्रमित रहेका छन र उनिहरु होम आईशोलेशन मै बसेका छन । उनिहरुको स्वाथ्य अबस्था सामान्य छ घिमिरेले भने ।
जिल्लाका अन्य स्थानिय तहमा पनि यस्तै अवस्था छ । सामान्य रुघाखोकी मात्र लक्षण देखिएको र अवस्था सामान्य भएको कारण कोभिड अस्पतालहरुमा बिरामी नभएको तर संक्रमितहरु नीगरानी मै भएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए ।
स्वास्थ्य अबस्था सामान्य रहेका र घरमै स्वास्थ्य मापदण्डको पालना गरी राम्रो हेरचाह गर्ने सके अस्पताल आउनु नपर्ने जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकारी बिजय बरालले बताए । यदि कसैलाई स्वास्थ्यमा समस्या आएमा नजिकैको कोभिड अस्पताल वा जिल्ला अस्पतालमा आउन समेत बरालले सुझाव दिए ।