भिम बिश्वकर्मा
अर्घाखाँची । अर्घाखाँचीका बिभिन्न उच्च डाँडाहरुमा हिमपात भएको छ ।
बिहिबार रातीदेखि लगातार पानी परेसँगै अर्घाखाँची जिल्लाको भुमिकास्थानको मसिना लेख, मालारानी गाउँपालिकाको हंसपुर लोहरी, शितगंगाका बिभिन्न स्थान लगायत जिल्लाका उच्च पहाडि स्थानमा हिमपात भएको छ ।
हिमपातसँगै चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ । जिल्लामा बिहीवार रातीदेखि पानी पर्न सुरु भएसँगै हिजो रातिदेखि नै हिमपात समेत सुरु भएको हो ।
हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।