३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

काठमाण्डाै । गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएकाे छ ।

काठमाण्डौमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।

भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उनको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?