३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

शीतकालीन ओलम्पिक : चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुहुने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसीले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ ।

प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २४औँ संस्करणको शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने तयारी छ । उद्घाटन तथा समापन समारोह बेइजिङ राष्ट्रिय रङ्गशालामा हुनेछ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा लागू हुने आयोजक चीनले जनाएको छ । शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले यो प्रतियोगितामा कुटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?