३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्‍यो । चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् ।

अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका लागि भने निर्मातालाई सहज छैन । किनकि, फागुनमा रिलिज लागि मिति तोकेका अधिकांश चलचित्र अब निर्धारित मितिमा रिलिज हुने सम्भावना छैन ।

भारतमा डेढ लाखमाथि दैनिक कोरोना संक्रमित रहेको अवस्थामा पनि बलिउड र साउथका निर्माताले धमाधम चलचित्रको प्रदर्शन मिति तय गरिरहेका छन् ।

१३ फागुनबाट बलिउडमा नयाँ चलचित्र रिलिज हुन गइरहेका छन् । १३ फागुनदेखि ११ चैतसम्मको मितिलाई हेर्दा ‘गंगुबाई काठियावाडी, बच्चन पाण्डे, आरआरआर, राधे श्याम’ जस्ता प्रतिक्षित चलचित्र रिलिज हुने देखिएको छ । ‘आरआरआर’ रिलिज भएको तीन सातापछि ‘केजीएफ २ र लाल सिंह चड्डा’ जस्ता प्रतिक्षित चलचित्र रिलिज हुँदैछन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?