३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

अमिताभले २३ करोडमा बेचे दिल्लीको घर

बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमिताभको दिल्लीको घरको नाम सोपान थियो । गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने खुलेको छैन । अमिताभको यो घरलाई अभ्नी बडेरले खरिद गरेका छन् । ४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए ।

अमिताभ मुम्बई आएपछि उनका माता–पिता पनि उनीसँगै आएका थिए । घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्नेछन् ।

अमिताभको मुम्बईमा चारवटा घर छन् । जसमध्ये अमिताभ र उनको परिवार जलसामा बस्दै आएका छन् । यस्तै, अमिताभको दुबईमा पनि भिल्ला छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?