९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीमा भु तथा जलाधार व्यवस्थापन कार्यालयको स्थापना

अर्घाखाँची । अर्घाखाँची जिल्लामा भु तथा जलाधार व्यवस्थापन कार्यालयको स्थापना भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि कार्यालयमा बोर्ड राखेर  स्थापना गरिएको हो ।

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची, गुल्मी र कपिलवस्तु गरि तीन जिल्ला हेर्ने गरि सन्धिखर्कमा कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख अष्टभुजा नन्द उपाध्यायले जानकारी दिए । केहि दिनमा कार्यालयलाई व्यवस्थित बनाई नियमित रुपमा कामकाज सुरु हुने कार्यालय प्रमुख उपाध्यायले बताए ।

कार्यक्रममा कार्यालय प्रमुख अष्टभुजानन्द उपाध्याय, वरिष्ठ पत्रकार सुर्य प्रसाद भुसाल, समाजसेवी तोकनारायण खनाल, पत्रकार बिष्णु खनाल लगायत कार्यालयका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।

यस अघि भु तथा जलाधार कार्यालय नहुदा जिल्लामा समस्या थियाे ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?