१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली ओमान जाँदै

आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । नेपाली क्रिकेट टोली आज बेलुका ओमान जान लागेको हो ।

टोली बेलुका आठ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु आउँदो फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् ।

नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्ने तालिका छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् ।

छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला पनि खेल्नेछ । श्रृङ्खलमा नेपाल, ओमान, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?