२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ ।

यूनिसेफका प्रतिनिधिले हालै बालबालिकालाई राखिएका कारागारको भ्रमण गरी उनीहरुको अवस्थाबारे संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?