३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

पाणिनी गाँउपालिकाको मैदानमा एक दिने पत्रकारिता तालिम सम्पन्न

पाणिनी गाँउपालिकाको मैदानमा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । पाणिनी-५, मैदानमा एकदिने आधारभूत पत्रकारिता तथा उद्घोषण कार्यक्रम सम्पन्न भएको पाणिनि पर्यटन समाजका उपाध्यक्ष झविन सुनामले जानकारी दिए।

वडा नम्बर-५ को आर्थिक सहयोग तथा पाणिनि पर्यटन समाजको संयोजनमा एकदिने आधारभूतपत्रकारिता तथा उद्घोषण कार्यक्रम सम्पन्न भएको हो । रेडियो सगर्वका स्टेशन म्यानेजर तथा गोरखापत्र दैनिकका संवाददाता गणेश खनाल प्रमुख प्रशिक्षक रहेको कार्यक्रममा अर्घाखाँची डटकम समाचार सम्पादक डिआरजी सुमन सहायक प्रशिक्षक थिए ।

कार्यपालिका सदस्य ईश्वरा केसीको अध्यक्षता, पाणिनि गाँउपालिका वडा नम्बर-५ का वडा अध्यक्ष जीवलाल घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । तालिममा ४५ जनाले प्रशिक्षण लिएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?