३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

वेस्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतद्वारा ‘क्लिन स्वीप’

भारतले वेस्ट इन्डिजसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ । अहमदाबादमा हिजो भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्खला ३–० ले जितेको हो । भारतले एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजसँग श्रृङ्खला क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।

भारतले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ओडिन स्मिथले सर्वाधिक ३६ रन जोडे । त्यस्तै कप्तान निकोलस पुरणले ३४ र अल्जारी जोसेपले २९ रन बनाए ।

भारतका प्रसिद्ध कृष्ण र मोहमद सिराजले ३-३ विकेट लिए । दिपक चाहर र कुलदीप यादवले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि श्रेयस आयरले ८० रन तथा ऋषब पन्तले ५६ रनको अर्धशतकीय पारी खेले।

वेस्ट इन्डिजका जासन होल्डरले ४ तथा अल्जारी जोसेप र हेडेन वाल्शले २-२ विकेट लिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?