१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

मगमग चाउचाउ उद्योगमा आगलागी

झापाको चीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो ।

आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताए।

ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन्। २०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए।

आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?