२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

भुमिकास्थानमा ११३ घर-परिवार कांग्रेस प्रवेश

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ११३ घर-परिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

भुमिकास्थान नगरपालिका वडा नम्बर-१ को राजिमे, कुसुममारे, पोख्राखर्क लगायतका ठाउँहरुबाट नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र परित्याग गरि ११३ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । कम्युनिष्ट सरकारले देशको हितमा काम नगरेको, निर्वाचन पछीको ५ वर्ष आपसी लडाईमा बिताएको र विकासका काम नगरेकाले आफुहरु कांग्रेस प्रवेश गरेको उनीहरुको भनाई छ ।

नगरपालिकाका विभिन्न ठाउमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण खनाल, जिल्ला सदस्य बिष्णु क्षेत्री, सुर्य प्रसाद भुसाल, भुमिकास्थान नगर सभापति खडानन्द बेल्वासे, प्रदेश सभा-१ का प्रतिनिधि गोपाल खनाल, तरुण दलका नगरसभापति राजकुमार श्रेष्ठ, पुर्व क्षेत्रीय सचिव युवराज खनाल, नगर सहसचिव देविराम खनाल, वडा सभापति बिष्णुप्रसाद खनाल, प्रेस युनियनका सचिव बिष्णु खनाल लगायतका नेताहरुको उपस्थिीतीमा पार्टी प्रवेश कार्यक्रम भएको हो ।

पार्टी प्रवेश गर्नेहरुले अबका दिनमा काङ्ग्रेसको सिद्धान्त र विचारको पक्षमा खुलेर लाग्ने प्रतिक्रिया समेत दिएका छन् । नेपाली कांग्रेसले संगठन विस्तार र पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (22%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?