२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

अर्घाखाँचीका विद्यालय फागुन १ देखि खुल्दै

भिम विश्वकर्मा,
अर्घाखाँची । कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका अर्घाखाँचीका विद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणदर घट्दै गएको र जोखिम पनि कम हुँदै गएका साथै केन्द्रको पत्रअनुसार नै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलिले जानकारी दिए।

उनले भने, ‘संक्रमणको जोखिम घट्दै गएको छ । आईतबार (भोली) देखि विद्यालय सञ्चालन हुने र भौतिक रूपमै पठनपाठन हुनेछ ।’ विद्यालय सञ्चालन गरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने अनिवार्य गर्न भनिएको प्रमुख पराजुलिले बताए। उनले भने, ‘मास्क, स्यानिटाइजर, साबुन पानीले हात धुने कुरा अनिवार्य विद्यालयमा लागू गराउनुपर्छ भनेका छौं।’

फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भनेर यहाँका सबै स्थानीय तहलाई सुचना भइसकेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए । उनले भने, ‘बन्द रहेका विद्यालय फागुन १ देखि खोल्ने भनेर ६ वटै स्थानिय तहलाई सुचित गरिसकेका छौ । त्यसैअनुसार यहाँका सबै विद्यालय सञ्चालन हुन्छन्।’

जिल्लामा शनिवारसम्म कोरोनाका ५२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणकै कारण हालसम्म यहाँ ९४ जनाको ज्यान गइसकेको छ । सरकारले कोरोनाको तेस्रो तहर तथा ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिएको भन्दै गत पुस अन्तिम साताबाट माघ मसान्तसम्म विद्यालय बन्द राख्न निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?