३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

आईपीएलको मेगा अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अर्थात उनलाई कुनै पनि टोलीले किनेनन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अहिले उनी नेपाली टोलीको कप्तानी गर्दै विश्व कप छनोटका लागि ओमानमा रहेका छन् ।

सन्दिपले अझै एक मौका पाउने छन् । कुनै टिमले चाँसो नदेखाए उनको आईपिएल खेल्ने लक्ष्यसंगै आईपिएलमा उनलाई देख्न खोज्ने नेपाली पनी निरास हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?