२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।

एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो ।

प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो । पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?