२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

एमसीसी विरुद्धमा एकीकृत समाजवादीद्धारा सन्धिखर्कमा विरोध प्रदर्शन

अर्घाखाँचीको सन्धिखर्कमा सता साझेदार पार्टी नेकपा एकीकृत (समाजवादी) निकट अर्घाखाँचीका जनबर्गिय सगठनले आईतवार अमेरिकी सहयोग नियोग  (एमसीसी) सम्झौताको विरुद्धमा बिरोध प्रदर्शन गरेका छ्न ।

सन्धिखर्कको शान्ति बगैंचामा पार्टीका भातृ सङ्गठनले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका नारा लगाएका थिए । जनसंगठनहरुको नारा लगाउदैँ बजार परिक्रमा गरि शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले एमसिसि सम्झौता रास्ट्रघाति परियोजना भएकोले कुनै हालतमा खारेज हुनुपर्ने बताए ।अध्यक्ष चौहान जस्तो सुकै मूल्य चुकाउन परे पनि जनबिरोधि रास्ट्रघाति सम्झौताको सबै तहबाट सशक्त बिरोध गरिने बताए। जनताको भावना बिपरित अगाडी बढ्न खोजिए सबै खालको आन्दोलन अगाडी बढाउन पार्टी बाध्य हुने अध्यक्ष चौहानले दावी गरे ।

कोण सभालाई किसान महासंघका केन्द्रिय कमिटी सचीव तथा एकीकृत समाजबादीका जिल्ला पार्टी सचीव युबराज पौडेल अनेरास्ववियूका केन्द्रिय कमिटी सचीव नारायण शर्माले सम्बोधन गर्दै जनताको भावना बाहिर गयर गरिने सबैखालका कार्यको सशक्त बिरोध गरिने बताए । कार्यक्रम युवा संघका जिल्ला अध्यक्ष पुस्कर पौडेलको अध्यक्षता र अनेरास्ववियुका अध्यक्ष सागर परियारको संचालनमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?