२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

ढिकुराको शारदा माविले मनायो ६२औं स्थापना दिवस

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-९, ढिकुराको शारदा माध्यमिक विद्यालयले आफ्नो ६२ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कारोना संक्रमणका कारण छोंटो कार्यक्रम गरेको विद्यालयले वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो। स्थापना दिवसमा विभिन्न अक्षयकोषबाट समेत विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा अभिभावक संघका अध्यक्ष बिनोद घिमिरे, वडा अध्यक्ष नारायण प्रसाद खनाल, व्यवस्थापन समिति सदस्य नारायण प्रसाद घिमिरे, मोति प्रसाद भट्टराई, अक्षयकोष दाता कृष्ण प्रसाद आचार्य, भोजराज पोख्रेल, विद्यार्थी, अभिभावक, बुद्धीजिवी तथा स्थानियको उपस्थित रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी वडाअध्यक्ष नारायण खनालले मन्तव्य राख्दै विद्यालयले राम्रो प्रगती हासिल गरेकोमा बधाई ज्ञापन गरे । कोरोना संक्रमणले प्रभावित पठनपाठनलाई वैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्ने उनको भनाई छ । विद्यालयका प्रधानाध्यापक बिष्णु भट्टराईले विद्यालयको अवस्थाका बारेमा प्रकाश पारेकी थिईन् ।

अभिभावक संघका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षता, वडाअध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आतिथ्यता, शिक्षक बाबुराम चुदालीको स्वागत मन्तव्य तथा लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा करिब १५० जनाको उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?