२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

‘आईएमई पे’ र एभरेस्ट बैंकबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र एभरेष्ट बैंक लिमिटेड बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ ।

डिजिटल सहजताको निम्ति गरिएको यस सम्झौतापछि प्रयाेगकर्ताले ‘आईएमई पे’ मोबाइल वालेट एपमा एभरेस्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू एपमै प्रयाेग गर्न सक्ने छन् ।

अहिलेसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको ‘आईएमई पे’ ले यस लिङ्क–अपका निःशुल्क ट्रान्सफर लगायतका फाइदा रहेका छन् ।

‘आईएमई पे’ मा बैंक लिङ्क गरेपछि प्रयाेगकर्ताले आफ्नो सुविधाअनुसार एभरेस्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी प्रणालीलाई अद्यावधिक गरिएको छ । ‘आईएमई पे’ मा बैंक लिङ्क गरेपछि ग्राहकले सिधै ‘आईएमई पे’ को पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् ।

यसका साथै आफ्नो एभरेस्ट बैंकमा रहेको खाताको ब्यालेन्स ‘आईएमई पे’ एप मा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?