म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।
आज बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेड २–० गोलले विजयी भयो । क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरेपछि युनाइटेड शीर्ष चारमा उक्लिएको हो । रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्राइटन १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।