२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

एमालेको नाराबाजीकै बीच केहीबेर बसेर सकियो संसद् बैठक, अर्को बैठक ६ गते बस्ने

काठमाण्डाै । प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक संसदमा विचाराधीन रहेको र लगातार बैठक अवरोध गर्दा नीति निर्माण तथा आम नागरिकका समस्या राख्ने थलो बन्धक भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए । तर एमालेका सांसदहरूले एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले हटाउनुपर्ने, सभामुखले विगतमा गरेका गल्तीबारे माफी माग्नुपर्ने लगायतका माग गर्दै बैठकमा नाराबाजी गरिरहे ।

विधि र प्रक्रियाबाट पनि आफ्ना विरोध राख्न सकिने भएकाले संसद् बन्धक नबनाउन सभामुखले पटक–पटक आग्रह गरे ।

एमालेको अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन । यस्तै तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पनि बैठकबाट पारित भएको छ ।

अर्को बैठक यही ६ गते शुक्रवार बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?