२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

दाङको तुलसीपुरमा सुरु भयाे ई–पासपोर्ट सेवा

दाङ । दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु भएकाे छ ।

इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिए।

दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो । यसअघि ई–पासपोर्टका लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिनेछ । साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?