२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

प्रधानमन्त्री देउवा र ओलीबीच भेट, आवश्यक परे सरकारमा सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध गरेका हुन । यसअघि प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पास गराउनका लागि सहकार्य गर्दै आएका थिए ।

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न हिजो राति ९ बजेतिर पत्नी आरजु राणासहित प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन ।

प्रधानमन्त्री र ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि यही विषयमा छलफल भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । तर, भेटमा ओलीले अब सत्ता गठबन्धन कसरी अगाडि बढ्छ ? भनेर जिज्ञासा राखेका उनको सचिवालयले जनाएको छ । एमालेले एमसीसी अनुमोदन गर्ने/नगर्ने पक्षमा स्पष्ट निर्णय गरिसकेको छैन ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन छोडेमा सरकार अल्पमतमा पर्ने भएकाले प्रधानमन्त्री देउवाले एमालेसँगको सहकार्यका लागि छलफल चलाउनु भएको हो ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?