२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

‘जाम भो माइली’पछि प्रकाशको ‘सानु दाइ’, गीतमा गायत्रीको स्वर

‘जाम भो माइलीली’पछि सर्जक एवं गायक प्रकाश दूतराजको नयाँ गीत ‘सानु दाइ’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक यो गीतमा प्रकाशको शब्द, संगीत र अभिनय छ ।

कृष्ण विक (भाञ्जा)को एरेन्ज रहेको गीतमा गायिका गायत्री राना मगरको एकल स्वर छ । गायत्रीले यसअघि प्रकाशकै ‘बैनी झ्यालैमा’को फिमेल भर्सनमा स्वर दिएकी थिइन् । उनले केही सालैजो, झ्याउरे गीतहरुमा समेत स्वर दिएकी छन् ।

मौलिक सिर्जनामार्फत श्रोता-दर्शकको मन जित्दै आएका प्रकाशले ‘सानु दाइ’मा पनि मौलिकतालाई जोड दिएका छन् । विरहको भाकामा यो गीत तयार गरिएको छ । प्रकाशले यो गीतलाई ‘नेपाली समाजमा भए गरेका प्रियलाग्दो प्रेमकथा’ भनेका छन् ।

प्रकाश धमलाको निर्देशनमा बनेको गीतको भिडियोमा प्रकाश दूतराज र अनुशा राईको अभिनय छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन तथा कलर गरेका हुन् । जितेन घर्ती मगरको युट्युबमा सार्वजनिक भिडियोको भ्युज विस्तारै बढिरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?