२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सर्यो

हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सरेको छ । हङकङको कार्यकारी परिषद्ले मार्च २७ तारिख अर्थात आउँदो चैत १३ गतेका लागि तय भएको चुनाव मे ८ तारिखमा सार्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ प्रमुख कार्यकारीले जुलाइ महिनामा कार्यभार सम्हाल्नेछन् । वर्तमान कार्यकारी प्रमुख क्यारी लाम दोहोरिन सक्ने वा नयाँ अनुहार आउन सक्ने दुवै सम्भावना देखिएको छ । सन् २०१७ मा सम्पन्न चुनावमा लाम निर्वाचन समितिका बाह्र सय जनामध्ये सात सय ७७ जनाको मत प्राप्त गरी निर्वाचित हुएका थिए ।

परिवर्तित व्यवस्था अनुसार यसपालि १५ सय सदस्यले नयाँ नेतृत्व चयन गर्नेछन् । चुनाव सार्न परिषद्ले विद्यमान आपत्कालीन कानुनलाई आधार देखाएको छ । चीनले एक वर्षअघि हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि लागू गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?