२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

संसद् बैठकमा एमसीसी टेबल हुने निश्चित, अनुमाेदन भने अनिश्चित

काठमाण्डाै । सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो भएसँगै आजको संसद् बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेको छ ।

अनौपचारिक रुपमा मोटामोटी सहमति भइसके पनि सत्तागठबन्धनका दलहरुले औपचारिक निर्णय गरिसकेका छैनन् । औपचारिक निर्णय गर्न गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा औपचारिक सहमति हुने सम्भावना छ ।

बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने छ । यसअघि पटक–पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएको थियो ।  अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ ।

आजको बैठकमा सहमति जुटे दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेका हुन् ।

माओवादी केन्द्रले गठबन्धनमा सहमति नभइ जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गर्दै कार्यकर्तालाई सडक सङ्घर्षमा पठाएको थियो  भने एकीकृत समाजवादीले आजसम्मका लागि पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमसीसी पेस गर्न सकारात्मक देखिनु भएको छ भने सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक देखिएका  छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?