२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

हिजो दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र आज शान्त

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । हिजो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ ।

आज सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

आज संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । हिजो संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी उग्र बन्दा र प्रहरीले पनि बल प्रयोग गर्दा हिजो संसद् भवन अगाडिको सडक तनावग्रस्त बनेको थियो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास पानीको फोहोरा प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?