२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

सबैभन्दा बढी मूल्यमा बिक्री हुने ऐतिहासिक तस्बिर

मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार दिएका थिए ।

मान रेको यो तस्बिरलाई उनको सबैभन्दा चर्चित कला मानिन्छ । आगामी मेमा गरिने लिलामीमा यसले ५० लाख देखि ७० लाख डलर रकम आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । लिलामीको इतिहासमा एउटै तस्बिरले पाएको यो सबैभन्दा धेरै रकम हुनेछ । सन् १८९० मा जन्मेका रेलाई ‘डाडा एन्ड सरियलियम’ अभियानका मुख्य सदस्य मानिन्छ ।

कलाकृतिहरू सङ्ग्रह गर्ने न्युयोर्कका एक जोडीले यो तस्बिर सन् १९६२ मा रेबाट पाएका थिए । उक्त तस्बिरसँगै उनीहरूको साथमा रहेका अन्य चित्रकला, तस्बिर, गहना आदि पनि लिलामी गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?