२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

मतदाता परिचयपत्र हराएको भए फागुन २० सम्म निवेदन दिन सकिने

अर्घाखाँची । मतदाता परिचयपत्र हराएमा वा नष्ट भएको भए जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने भएको छ । मतदाता परिचयपत्र हराएको वा नष्ट भएका नागरिकले निवेदन दिन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रवि अर्यालका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर फागुन २० गते भित्र निवेदन दिन सकिनेछ । कार्यालयमा जाँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि लैजानु पर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, स्थानीय तह एवं सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ ।,‘ मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।’ अर्यालले भने । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?