अर्घाखाँची । नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले चुनावी अभियानमा लाग्न नेपाली काङ्ग्रेस अर्घाखाँचीका नेता कार्यकर्ताहरु लाई निर्देशन दिएका छन् । गाउँटोल बस्तिमा काङ्ग्रेस कार्यकर्ताहरुको मनोभावना बुझ्न सितगङ्गा नगरपालिका वार्ड नम्बर-८, लाहापे का विभिन्न टोलहरुमा पुगेका सभापति श्रेष्ठले नेपाली काङ्ग्रेसले अर्घाखाँचीका सबै ६ वटा स्थानियतह जित्ने गरी लाग्न सबैमा आव्हान गरेका छन् ।
काङ्ग्रेस प्रवेश गर्नेको जनलहर बढेर गएको भन्दै उनले काङ्ग्रेस सरकारको नेतृत्वले मात्रै मुलुकमा विकास र परिवर्तन सम्भव रहेको बताए । सभापति श्रेष्ठले पार्टीको तर्फबाट तरुण युवाहरुलाई गर्नपर्ने सम्पुर्ण सहयोगका लागि सदैव तयार रहेको भन्दै संगठनलाई चलायमान बनाउन आग्रह गरे । युवाहरु बिना पार्टी अँगाडी नबढ्ने भएकाले उनीहरुको हकहित प्राप्तिका लागि आफू हरेक क्षणमा सहयोगका लागि खट्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सहसचिव कमल पौडेल, पुर्व जिल्ला सचिव छविलाल पौडेल, डा. ईन्द्रमणि पौडेल, जिल्ला सदस्य विष्णु पौडेल, काङ्ग्रेस सितगङ्गाका सभापति मोहन पन्थि, काङ्ग्रेस नेताहरु मोतिबहादुर बेल्वासे, प्रदिप बेल्वासे लगायत स्थानिय काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसले निर्वाचनको मिती नजिकिदै गर्दा आफ्ना गतिविधीहरु अगाँडी बढाएको छ । काङ्ग्रेस अर्घाखाँचीले गाउँ नगर टोल वस्ती जाऔ, बैशाख ३० गते नेपाली काङ्ग्रेसलाई जिताऔ भन्ने अभियानको पनी सुरुवात गरेको छ ।