अर्घाखाँची । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि प्रकाश अघिकारीले समाजमा बढेका घटनाको न्युनिकरण गर्नको लागि प्रहरी साझेदारी कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् ।
सोमबार जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीको भवन उद्घाटन गर्दै अघिकारीले यस्तो बताएका हुन् । अघिकारीले समाजमा दण्डहिनताको परकाष्ठको रुपमा मानिसले जाने वा नजानेर धेरै किसिमका गल्ती गरेको बताउदै त्यस्ता गल्तीलाई सबैको सहयोगमा न्युनिकरण गर्नको लागि साझेदारी कार्यक्रमले सहयोग मिल्ने बताउदै घटनाको प्रहरीले बास्तविक रुपमा छानविन गनुपर्ने बताए ।
अधिकारीले भवन निर्माणले दुघटना न्युनिकरण गर्नका लागि सहयोग मिल्ने बताउदै भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अचानक किसिमका हुने दुर्घटना न्युनिकरणमा भबनको निर्माणले सहजता थप्ने बताउदै यस्ता किसिमका सहयोगले सबैलाई फाईदा हुने बताए । आफु पनि लुम्विनी प्रदेशमा अपराध नियन्त्रण गर्नको लागि गम्भीर भएर लागेको समेत उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका उपसचिव भिम केसी, नेपाली काँग्रेसका लुम्विनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार सदस्य भेष बहादुर केसी, एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहान, जसपाका केन्द्रिय सदस्य राजु नेपाली, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गोविन्द विसी, नेपाल कम्युनिस्ट पार्टीका सन्धिखर्क नगरपालिका ईन्चार्ज नविन खड्का, उद्योग बाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले कार्यक्रममा मन्तव्य राख्दै भवन निर्माणले जिल्लाको ट्राफिक नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको बताउदै भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।