अर्घाखाँची । लामो समय देखि यातायात क्षेत्रमा क्रियासिल अनुभवी सामाजिक राजनीतिक क्षेत्रमा काम गर्दै आएका पश्चिम नेपाल यातायात व्यबसायि प्रालि अर्घाखाँची शाखाका कार्यलय प्रमुख कमल प्रसाद भट्टराई नेकपा एमाले अर्घाखाँचीको भौतिक पुर्वाधार यातायात बिभागको प्रमुख बनेका छन ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाडामा स्थायि बसोबास गर्दै आएका कमल भट्टराई नेकपा एमाले अर्घाखाँचीको सदस्य निर्बाचित भए पछि जिल्ला कमिटिको पुर्ण बैठकले भौतिक पुर्वाधार समितिको बिभागिय प्रमुख बनाएको हो ।
यस्तै समितिको उपप्रमुखमा लङ्का यातायात प्रालिका अध्यक्ष एमाले नेता कृस्न बहादुर भुसाल चयन भएको एमालेले जनाएको छ ।