२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

टी–२० विश्वकप खेल्ने नेपालको सपना यसपाली पनी अधुरै

टी–२० विश्वकप खेल्ने नेपालको सपना यसपाली पनी पुरा हुन सकेन । आज मङ्गलवार भएको आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा (यूएई) सँग ६८ रनले हारेसँगै नेपालको सपना अपूरै रहेको हो । आइसिसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पच्छाएको नेपालले १८ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो ।

ओपनर आशिफ शेख र लोकेश बम शुन्य रनमा आउट हुँदा कुशल भुर्तेलले ७ रन जोडेर आउट भए । यस्तै दिपेन्द्र सिंह ऐरी ३८, आरिफ शेख ११ र ज्ञनेन्द्र मल्ल २० रन बनाएर आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। ४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए।बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३–३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे।

युएई आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट भएको छ । यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?