२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

बँदेलको आक्रमणबाट अर्घाखाँचीमा एक किशोरी घाईते

अर्घाखाँची । बँदेलको आक्रमणबाट अर्घाखाँचीमा एक किशोरी घाईते भएकी छन्।

जिल्लाको भुमिकास्थान नगरपालिका–१, ढाकाबाङकी १८ वर्षिय किशोरी करिश्मा नेपाली बँदेलको आक्रमणबाट घाइते भएकी हुन्। बिहान स्थानीय धैरेनी बनमा साथीहरु संग दाउरा काट्न गएकी करिस्मा माथी एक्कासि बँदेलले आक्रमण गरि घाइते गराएको थियो। घाइते किशोरीको मल्लरानी–३ चुजाठाटि प्युठानमा प्राथमिक उपचार पछि बिजुवार रिफर गरिएको करिश्माकी आमा उर्मिला नेपालीले बताइन्। घाइते नेपालीको ढाड र साप्रोमा गम्भीर चोट लागेको छ ।

स्थानीय दिपक नेपालीका अनुसार बिगत केहिदिन देखि बनमा दाउरा खुलाइएको थियो त्यही दाउरा काट्न जाँदा यस्तो घट्ना घटेको हो । यस्तै भुमिकास्थान नगरपालिका-१ कि वार्ड सदस्य चमकला नेपालीले बँदेल नियन्त्रण गर्नको लागि आफुले ढाकावाङ्ग प्रहरी चौकिलाइ तत्काल निवेदन दिईने बताइन । बिगत केही वर्ष देखि अर्घाखाँचीमा बँदेलको बिगबिगी बढेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (78%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (22%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?