२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अर्घाखाँचीका टोलटोलमा कांग्रेसका कार्यक्रम

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ मा नेपाली काँग्रेस टोल कार्य समिति गठन गरिएको छ । सन्धिखर्क नगरपालिका – १२ का कार्यबाहक वडा सभापती लोक प्रसाद श्रेष्ठको सभापतित्वमा आयोजित भेलाबाट सल्लिकोट परालिखर्क खनालटोल तथा बान्द्रे टोललाई समेट्ने गरि पम्फा पाण्डेकोे सभापतित्वमा १९ सदस्यीय कार्यसमिति र बस्यालटोल तथा चिल्याथुम टोल समितिमा नवराज बस्यालको सभापतित्वमा २१ नेपाली काँग्रेस टोल स्तरिय कार्य समिति गठन गरिएको हो ।

त्यस्तै कुञ्जरे गायित्रीटोलमा सरीता भुसालको सभापतित्वमा १९ सदस्यीय त्यस्तै कल्लाबोट, जिमुरथुम टोलमा मेख बहादुर थापाको सभापतित्वमा १७ सदस्यीय नेपाली काँग्रेस टोल स्तरीय समिति गठन गरेको छ । नेपाली काँग्रेस सन्धिखर्क वडा नं-१२ ले वडा भित्र रहेका ९ वटा टोलहरुलाई टोल स्तरिय समिति गठन गर्ने योजना बनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको निर्णय र निर्देशन अनुसार वडाले कार्य समितिको आन्तरीक निर्णय अनसार यस्तो योजना बनाएको हो ।

यसैविच आज सल्लिकोटमा आयोजित भेलामा ने.क.पा. एमाले परित्याग गरि एक दर्जन भन्दा बढि कार्यक्रता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । प्रबेश गर्नेमा सुमित्रा नेपाली ,सञ्जु नेपाली , बाटुला नेपाली , कमला नेपाली , देवीलाल नेपाली , मनोज नेपाली , तेज बहादुर नेपाली लगायतका दर्जनौँ कार्यक्रता रहेका छन् । प्रबेश गर्दै उनीहरुले ५ वर्ष देश बनाउने अधिकार पाएको कम्युनिष्ट सरकारले आप्ःनो कार्यकालमा कुनै पनि लोकप्रिय काम गर्न नसकेको आरोप लगाए । संकटमा रहेको बेला राष्ट्रलाई बचाउने शक्ति नेपाली काँग्रेसमा मात्र भएको उनीहरुको भनाई थियो । सन्धिखर्क नगरपलिका वडा नं. १२ मा पनि नेपाली काँग्रेसको वार्ड नेतृत्व भएकोले विकास निर्माण देखि लिएर अन्य जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुले स्थान पाएको बताएका छन् ।

नव प्रबेशीहरुलाई नेपाल तरुण दल जिल्ल अध्यक्ष नारायण खड्का , पूर्व सन्धिखर्क १२ पार्टी सभापति लिलाधर बस्याल , सनपा १२ कार्यबाहक सभापति लोक प्रसाद श्रेष्ट , क्षेत्रीय प्रतिनिधी खिमकला कुँवर , राम बहादुर बस्याल , बाबुराम बस्याल , पम्फा पाण्डे लगायतका नेताले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै तरुण दल जिल्ला अध्यक्ष नारायण खड्काले प्रबेश गर्ने नयाँ प्रबेशीहरुलाई पार्टीलाई बलियो र संगठनलाई चुस्त दुरुस्त राख्नको लागि आग्रह गरे । त्यस्तै पूर्व वार्ड सभापति लिलाधर बस्यालले काँग्रेस प्रबेश गर्नेहरुलाई पार्टीले उचित स्थान र जिम्मेवारी दिने बताए ।

कार्यक्रम पार्टी सचिव पिताम्वर कुँवरको स्वागत मन्तब्य तथा कार्यबाहक सभापति लोक प्रसाद श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?