२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

सन्धिखर्क र छत्रदेवका दर्जनौं व्यक्ती कांग्रेसमा प्रवेश

अर्घाखाँची । निर्वाचनको मिति घोंषणा भईसकेको अवस्थामा नेपाली कांग्रेस अर्घाखाँचीले आफ्नो अभियानलाई तिव्र बनाएको छ । काङ्ग्रेसलाई जिताऔं भन्ने अभियानको सुरुवात गरेको अर्घाखाँची कांग्रेसले केशव श्रेष्ठको नेतृत्वमा गतिविधी अँघी बढाएको छ ।

मंगलवार काङ्ग्रेस अर्घाखाँचीको आयोजनामा छत्रदेवमा भएको बृहत् अन्तरक्रिया कार्यक्रममा ७ घरपरिवार कांग्रेसमा आबद्ध भएका छन् । राष्ट्रिय जनमोर्चाका एक र नेकपा एमालेका ६ घरपरिवार पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेस गरेका हुन् । उनिहरुलाई जिल्ला पार्टी सचिव कृष्ण प्रसाद खनालले अविर र सदस्यता वितरण गरि काङ्ग्रेसमा प्रवेस गराए ।

यस्तै सन्धिखर्क नगरपालिका-१२ को सल्लिकोटमा आयोजित भेलामा नेकपा एमाले परित्याग गरि एक दर्जन भन्दा बढि कार्यक्रता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सुमित्रा नेपाली ,सञ्जु नेपाली , बाटुला नेपाली , कमला नेपाली , देवीलाल नेपाली , मनोज नेपाली , तेज बहादुर नेपाली लगायतका दर्जनौँ कार्यक्रता रहेका छन् । प्रबेश गर्दै उनीहरुले ५ वर्ष देश बनाउने अधिकार पाएको कम्युनिष्ट सरकारले आप्ःनो कार्यकालमा कुनै पनि लोकप्रिय काम गर्न नसकेको आरोप लगाए । संकटमा रहेको बेला राष्ट्रलाई बचाउने शक्ति नेपाली काँग्रेसमा मात्र भएको उनीहरुको भनाई थियो ।

नेपाली काङ्ग्रेस अर्घाखाँचीले ८ गते आईतवारदेखी ‘गाउँ नगर टोल वस्ती जाऔ, बैशाख ३० गते नेपाली काङ्ग्रेसलाई जिताऔं’ भन्ने अभियानको सुरुवात गरेको छ । अर्घाखाँचीका ६ वटै स्थानियतह जित्ने गरी कार्यक्रमहरु गर्न जिल्ला सभापती केशव श्रेष्ठले स्पष्ट निर्देशन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?