२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

प्रतिनिधिसभाको बिहीवारको बैठकमा एमसीसी बारे छलफल हुने

प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएको छ ।

संसदमा गएको आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ । ‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने’, सम्भावित कार्यसूचीमा भनिएको छ ।

यस्तै भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?