२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसका सांसदलाई निर्देशन

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भोलि बिहीवार बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिईन् ।

गएको आइतवारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि भोलिदेखि सैद्धान्तिक छलफल सुरु हुँदैछ । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म यो प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये अहिलेसम्म कांग्रेस मात्र स्पष्ट रूपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ ।

सरकारले अन्य दललाई पनि एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास चलाइराखेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?