२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

वर्ल्ड कप लिग-२: नेपालले आगामी महिना युएईमा त्रिकोणात्मक सिरिज खेल्ने

आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत नेपालले आगामी महिना युएईमा त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार सिरिजमा नेपालसहित घरेलु टिम युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ। नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।सिरिजमा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकमा छैटौं स्ठानमा छ। शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ।

तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको युएईको १० खेलबाट १२ अंक छ। नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ।नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।

त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च १६-शारजाह
नेपाल भर्सेस युएई – मार्च १८-दुबई
नेपाल भर्सेस युएई – मार्च २१-दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च २२-दुबई

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?