अर्घाखाँची । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले काङ्ग्रेस पार्टी जनताको साथी भएको बताएका छन्। नेपाली काङ्ग्रेस भुमिकास्थान नगरकार्य समितिले बुधबार नुवाकोट पोखेडाँडामा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सह-महामन्त्री मुस्कानले जनतालाई परेका पिरमर्का बुझ्ने र समस्या समाधान गर्ने गरि पार्टी अगाडि बढेको बताए ।
धेरै पटक सत्तामा पुगेको कम्युनिष्ट पार्टीले देशलाई द्वन्द र अस्थिरता तर्फ धकेलेको भन्दै उनले काङ्ग्रेसले अब विकास निर्माण, रोजगारिको व्यवस्थापन गर्ने गरि काम गर्ने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति बिस्नु प्रसाद भुसाल, बाबुराम पौडेलले स्थानियतहको निर्वाचनमा होमिन नेताकार्यकर्ता लाई निर्देशित गरेका छन् ।
कार्यक्रममा काङ्ग्रेस नेता प्रेमनारायण बेल्वासे, जिल्ला सदस्य सदस्य सुर्य प्रसाद भुसाल, हरि प्रसाद दमासे, मालता खनाल, काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे, नेपाली काङ्ग्रेस प्रदेस क सभापति राजेस पन्थि, प्रदेस ख सभापति हेमन्त बेल्वासे, पुर्व जिल्ला सदस्य लेखनाथ पान्डे, संगिता बेल्वासे, काङ्ग्रेस भुमिकास्थान नगरपालिकाका पुर्व संयोजक खिम कुमार श्रेष्ठ, काङ्ग्रेस नेता हुम प्रसाद बन्जाडे, झबिलाल बेल्वासे, नेपाल तरुणदलका नगर सभापति राजकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधी गोपाल खनाल लगायतले मन्तव्य राखेका थिए ।
नगरपालिका भित्रका १० वटै वडाका सभापति, क्षेत्रीय प्रतिनिधि, नगरकार्य समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगर सभापति खडान्नद बेल्वासेको सभापतित्व तथा सचिव मुकुन्द खनालको सन्चालनमा सम्पन्न भएको हो ।