२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

एमसीसी विरुद्ध सन्धिखर्कमा मसाल जुलुस सहित प्रदर्शन

अर्घाखाँची । अमेरिकी सहायता परियोजना (एमसिसी) को विरोधमा अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको माओवादी लगायतका राजनीतिक दल तथा तीनका भातृ संगठनले प्रदर्शन गरेका छन् । राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको माओवादी, नेकपा मसालले सन्धिखर्कको गुन्टेखोला चोकमा मसाल जुलुस सहित विरोध प्रदर्शन गर्दै सभाको आयोजना गरेका हुन् ।

प्रदर्शनमा सहभागीले एमसीसी सम्झौता पास भए नेपालको सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने भएकाले कुनै पनि हालतमा पास गर्न नहुने धारणा राखेका थिए । प्रदर्शनमा सहभागी युवा तथा विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता रोक्नका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत दिएका छन् ।

एमसीसी फिर्ता नहुँदा सम्म आफुहरुको आन्दोलन निरन्तर जारी रहने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले अर्घाखाँची पोष्टलाई जानकारी दिए । ‘हामी अर्घाखाँचीमा ८ दल विरोधमा छौं, उनले भने,‘राष्ट्रघाती सम्झौता कुनैपनी सर्तमा स्विकार्न सक्दैनौं ।’

मसाल जुलुस सहित विरोधमा उत्रिएका आन्दोलनकारीको मसाल प्रहरीले निभाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?