२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

देउवा-गगन Vs ओली-ईश्वर भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच नयाँ बानेश्वरमा छलफल भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग संवाद बढाएको छ ।

आज बिहीवारको संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित भएपछि उनले प्रतिपक्षी दलसँग छलफल गरेका हुन् । आजको बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको भए पनि बैठक भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?