२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

आइपिएल मार्च २६ देखि सुरू हुने

सिजन २०२२ को आइपिएल मार्च २६ देखि सुरू हुने भएको छ। यस सिजनदेखि १० टिमबीच हुने आइपिएल दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ मा पाँच पटकको विजेता मुम्बई,  दुई पटकको च्याम्पियन कोलकता नाइटराइडर्स, एक पटकको विजेता राजस्थान रोयल्स र नयाँ टिम लखनउ सुपरजाइन्ट रहेका छन्।

समूह ‘बी’ मा चार पटकको च्याम्पियन चेन्नई सुपरकिंग्स, एक पटकको विजेता सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र नयाँ टिम गुजरात टाइटन्स रहेका छन्। आइपिएलका अनुसार १० टिमले १४ खेल खेल्नेछन्। जसमा सात होम र सात अवे गरेका छन्।

समूह चरणपछि पाँच टिमले एउटै समूहका चार टिम र अर्को समूहको एक टिमसँग खेल्नेछन्। यो वरीयताका आधारमा हुनेछ। यो सिजनको आइपिएलको फाइनल २९ मेमा हुनेछ। अहिलेका लागि दर्शकलाई रंगशालामा प्रवेश दिने नीति रहेको आइपिएलले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?