२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अर्घाखाँची कारागारका कैदिबन्दीलाई अचार बनाउने तालिम

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क कारागारमा कैदिबन्दीहरुलाई व्यस्त र चुस्त राख्न विभिन्न गतिविधी गर्दै आईएको छ । विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदीबन्दीलाई विभिन्न तालिमहरु प्रदान गर्ने, खेल खेलाउने, पुस्तकहरु पढ्न दिने जस्ता क्रियाकलाप गराउने गरिएको छ । कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रुपान्तरण गरी जिविकोपार्जन तथा व्यवसायीक हिसाबमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिइने गरिन्छ ।

यसैबिच घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले कारागारका कैदिबन्दीहरुलाई ७ दिने अचार बनाउने तालिम दिएको छ। कारागारमा रहेका मध्ये १९ जना बन्दीले तालिममा सहभागीता जनाएका थिए । तालिममा ६ प्रकारका फरक फरक प्रकारको अचार बनाउने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिए।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सकारात्मक सोंच र केही गरेर देखाउँछु भन्ने ऊर्जाका साथ आफ्नो काममा तल्लीन रहन र आम्दानी वृद्धि गर्न आग्रह गरे । कानुनको पालना गर्दै कारागारभित्रै सीपमूलक तालिम लिएपछी कैदमुक्त हुँदा समाजमा पुनर्स्थापना हुन सहज हुने प्रजिअ घिमिरेले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर थापाले कारागार भित्र वा बाहिर गएपछि पनि सीपको सक्दो उपयोग गर्न सुझाव दिए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रमुख नुमलाल पन्थी, प्रशिक्षण रुक्मिणा पराजुली, सञ्चारकर्मी लगायतको सहभागीता थियो ।

तालिममा सहभागीहरु लाई प्रमाणपत्र समेत प्रदान गरिएको घरेलु कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?